मेघौली विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्ने भोजराजको प्रतिबद्धता

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, १२ : ०९
मेघौली विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्ने भोजराजको प्रतिबद्धता

चितवन । प्रतिनिधिसभा चितवन ३ का प्रत्यक्ष उम्मेदवार डा.भोजराज अधिकारीले मेघौली विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्ने बताएका छन् । स्तरोन्नति गरेर विमानस्थललाई सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । भरतपुर २७ मेघौलीमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले पश्चिम चितवनको पर्यटन प्रबर्द्धनका लागि पनि विमानस्थल चल्नुपर्ने बताए ।  

यहाँको मौलिकता आफ्नै किसिमको छ, डा. भोजराजले भने,'यहाँका जनता बढि लाभान्वित हुने गरि हामीले योजना बनाउछौं ।' व्यवसायिक वातावरण बनाउन नीतिगत सुधार गर्ने उनको प्रतिबद्धता छ । उनले भने,'मेघौली जितपुर, गोलाघाट क्षेत्रका होटल व्यवसाय सुव्यवस्थित बनाउने गरि पहल गर्छौं ।'

लोकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा.अधिकारीले जनताको जनताको आर्थिक समृद्धिका लागि नीति निर्माण गर्ने उनको भनाइ छ । 'नारायणी र राप्ती भेगमा समानान्तर विकास हुने रणनीति बनाउछौं ', उनले भने ' ञस्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सामाजिक सुरक्षा हाम्रो प्राथमिकता हो, त्यसै अनुसार काम गर्छौं ।' मेघौलीलाई देशकै १०० गन्तव्य क्षेत्रमा समावेश गर्ने उनको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस