सी डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, ११ : ५९
सी डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने

काठमाडौं । नयाँ सिजनको शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार सी डिभिजन क्लबसँग छलफल गर्दै आगामि वैशाख २२ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । एन्फाले साेमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो ।

बी डिभिजन लिगको मिति अर्को बैठकबाट तय गर्ने सहमति भएको समेत एन्फाले जनाएको छ । त्यस्तै एन्फाले सी डिभिजन क्लबलाई दिने तयारी खर्चमा समेत वृद्धि गरेको छ । यसअघि सी डिभिजन क्लबलाई ९ लाख ५० हजार दिएको एन्फाले अब तयारी खर्च ११ लाख दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस