यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, ०७ : ५३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकले आजको लागि निर्धारण गरेको विनिमय दरका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ७२ पैसा र बिक्री दर १३० रुपैयाँ ३२ पैसा पुगेको छ ।

यस्तै, युरो एकको खरिद दर १३३ रुपैयाँ ७३ पैसा र बिक्री दर १३४ रुपैयाँ ३५ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ९३ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी, आज कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस