एक वडा एक विशेष कार्यक्रम ल्याउने छु : डा. भोजराज अधिकारी

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, १४ : १८
एक वडा एक विशेष कार्यक्रम ल्याउने छु : डा. भोजराज अधिकारी

चितवन । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा.भोजराज अधिकारीले एक वडा एक विशेष कार्यक्रम ल्याउने बताएका छन् । सबै नागरिकलाई सहभागी गराउने गरि वडागत विशेषता अनुसारका योजना बनाउने उनले बताए । भरतपुर १५ मा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै डा.भोजराजले जेष्ठ नागरिकका लागि प्रत्येक वडामा आवास केन्द्र निर्माण गर्ने बताए ।

महिला, युवा र बालबालिकालाई समेट्दैं महिला उधमशिलता, युवा रोजगारी सिर्जना गर्ने  र एक नमुना खेलमैदान बनाउने उनले उल्लेख गरे । बालबालिकालाई प्रत्येक वडामा बाल उधान र शिशु सिकाई केन्द्र  बनाउने उनको योजना छ । एक वडामा एक स्वास्थ केन्द्र र नमुना विधालय रहने गरि निति निर्माण गर्ने उनले बताए । समतामूलक समाज निर्माणसँगै एक वडा- एक बहुउद्देश्यीय दलित सामुदायिक भवन बनाउने उनको प्रतिबद्धता छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा २८ वटा वडा छन् । भरतपुरका १९ र माडीका सबै ९ वटा वडा छन् ।त्यस अन्तर्गत ३ (१) प्रदेशसभामा भरतपुरका १२ वटा वडा पर्छ भने ३(२) मा भरतपुरका ७ र माडीका सबै वडा समावेश छन् । लोकतान्त्रिक(बाम गठबन्धन अन्तर्गत प्रतिनिधिसभा चितवन ३ मा नेकपा माओवादी केन्द्रबाट डा। भोजराज अधिकारी, प्रदेशसभा ३(१) मा नेपाली कांग्रेसबाट कृषि विज्ञ प्राडा सुर्यकान्त घिमिरे र ३(२) मा नेकपा माओवादी केन्द्रबाट ठाकुर प्रसाद ढकाल चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस