कैलालीमा गठबन्धनका उमेदवारको गाडी तोडफोड

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, ११ : ०१
कैलालीमा गठबन्धनका उमेदवारको गाडी तोडफोड

कैलाली । कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको गाडीमा तोडफोड भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका उमेदवार अमरबहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो । 

अइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको प्रहरीले जनाएको । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ ।

गाडी तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।