गठबन्धनका उम्मेदवारहरुलाई चितवन ३ मा भव्य स्वागत, माडीलाई आईटी पार्कको रुपमा विकास गनुपर्नेमा जोड

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, ०९ : ४६
गठबन्धनका उम्मेदवारहरुलाई चितवन ३ मा भव्य स्वागत, माडीलाई आईटी पार्कको रुपमा विकास गनुपर्नेमा जोड

कार्तिक । चितवन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई स्थानिय मतदाताहरुले भव्य स्वागत गर्ने गरेका छन् । घरदैलो अभियानका क्रममा घरदैलोमा पुग्दा स्थानियहरुले माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्नेमा जोड दिएका छन् ।

ठुलै भिडभाडका साथ गठबन्धनका उम्मेदवार सहित प्रतिनिधी सभा सदस्यका उम्मेदवार डाक्टर भोजराज अधिकारी आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँग आशिर्वाद थाप्दैमा भ्याई नभ्याई मा छन् । घरदैलो कार्यक्रमा सहभागी आईटी विज्ञ चिरन्जिबी अधिकारीले चितवनलाई मेडिकल र आईटीको हव बनाउनुपर्नेमा जोड दिए । उनी क्यान महासंघ का केन्द्रिय सचिव तथा नेकपा माओवादी केन्द्रका आईटी विज्ञको रुपमा परिचित छन ।

र्आइटी विज्ञ अधिकारीले चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्न गठबन्धनका उम्मेदारहरुलाई विजय गराउनुपर्नेमा जोड दिए । उम्मेदवारहरु भावि योजना र लक्ष्य सहित प्रचण्डका उत्तराधिकारीका रुपमा गठवन्धन का तर्फबाट उम्मेदवार डाक्टर भोजराज अधिकारी सहितको टिमलाई चनौली र आसपास क्षेत्रका पाका मतदाताले आशिर्वाद दिदै भनेका थिए,‘ हामीले दिएका आशिर्वाद आजसम्म कसैलाई अफाप नभएको र डाक्टर साप लाई समेत बिजयको शुभकामना, आशिर्वाद ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित आमसभा समेत प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा को रोहवरमा डाईनामीक युवा डाक्टर भोजराज अधिकारीलाई आफ्नो उत्तराधिकारी को  रुपमा प्रस्तुत गरेको भने पछि डाक्टर भोजराज अधिकारीलाई थप हौसला मिलेका स्थानीय मतदाताहरु बताउँछन् । र उनलाई जसरी पनि यो क्षेत्रमा निर्वाचित गराउनुपर्नेमा मतदाताहरुले जोड दिएका छन् ।