सत्ता गठबन्धनले आज साँखुमा चुनावी सभा गर्दै

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, ०८ : ३०
सत्ता गठबन्धनले आज साँखुमा चुनावी सभा गर्दै

काठमाण्डौं । सत्तारुढ गठबन्धनले आज काठमाण्डौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गरेको छ । 

साँखु बजारमा अपराह्न २ बजे सुरु हुने सभालाई काँग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिले जनाएको छ ।

चरणको घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले जानकारी दिए । 

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाण्डौं–२ मा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस