प्रधानमन्त्री देउवाद्वारा कलाक्षेत्रको समस्याबारे चासो

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, २० : ४६
प्रधानमन्त्री देउवाद्वारा कलाक्षेत्रको समस्याबारे चासो

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कलाक्षेत्रको समस्याबारे चासो लिएका छन् । यसबारे चासो लिँदै प्रधानमन्त्रीले बालुवाटारमा सरोकारवालासँग छलफल गरेका हुन् ।  सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा (देउवा) को पनि सहभागिता रहेको थियो । 

पछिल्लो पुस्ताका कलाकर्मीहरूसँग भेटघाट गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुले चलचित्र र संगीतसहित समग्र कला क्षेत्रको बारेमा गम्भीर चासो र चिन्ता व्यक्त गरेका हुन् । 

सो क्रममा प्रधानमन्त्रीले कला क्षेत्रबारे सरकारीस्तरबाट हुनसक्ने कार्यमा आफ्नो साथ र सहयोगबारे प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस