जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउने छु : डा.भोजराज अधिकारी

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, १४ : ५४
जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउने छु : डा.भोजराज अधिकारी

चितवन। प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार डा.भोजराज अधिकारीले जनताको घरमा अस्पताल पुर्‍याउने निति बनाउने बताएका छन् । पश्चिम चितवनको चनौलीमा भएको चुनावी  कोणसभालाई सम्बोधन गर्दै उनले निशुल्क स्वास्थ सेवासहितको योजना बनाउने बताए । 'मोबाईल हेल्थ क्लिनिक' को अवधारणा अनुसार जनताको घर आँगनमा अस्पताल पुग्ने उनले बताए ।

आवश्यक साधन श्रोत र चिकित्सकसहित गाडीमै ठाउँ(ठाउँमा पुग्नेसँगै जनताको उपचार गर्ने व्यवस्था मिलाईने छ । डा. भोजराजले भने, 'बाँकी रहेका अस्पताललाई थप सेवा सुविधाको प्रबन्ध गरिने छ' । आफ्नो क्षमता र योग्यताका आधारमा कार्ययोजना बनाउने उनले प्रतिबद्धता जनाए ।

यस्तै  प्रदेशसभा ३ (१) का प्रत्यक्ष उम्मेदवार डा. सुर्यकान्त घिमिरेले नेपालमै मल कम्पनी बनाउने बताएका छन् । सोही चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले मल विउ र सिचाइको अभाव नहुने निति निर्माण गर्ने बताए । डा.भोजराजको विजयपछि स्वास्थ क्षेत्रमा आमुल परिवर्तन हुने मतदाताको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस