काठमाडौं । अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौं क्षेत्रनम्बर–४ को चुनावी कार्यक्रममा बोल्दै वाग्लेले यस्तो दाबी गरेका हुन् । मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको जिकिर गर्दै उनले भने– ‘थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसारको आफूजस्तै विज्ञहरूको टिम छ । उनलाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउनेछ ।’
पुराना पुस्ताका नेताको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन अब सबै लाग्नुपर्ने धारणा अघि सार्दै उनले भने– ‘अबको नयाँ यात्रा चाहिँ नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं ।’ गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको भनाइ थियो ।
शुक्रबार मात्रै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि गगन थापाप्रति संकेत गर्दै देशको नेतृत्व युवाले पुस्ताले गर्ने बताएका थिए । नेपाली कांग्रेसभित्र धेरै विकल्प रहेको बताउँदै उनले गगन थापालाई प्रधानमन्त्रीमा सहयोग गर्ने उद्घोष केही समयअघि नै गरिसकेका थिए । कांग्रेस पार्टीमा सबै पुस्ताका नेताहरू नेतृत्व गर्न सक्षम भएको भन्दै उनले भने–‘मतदाताले युवा चाहियो भने युवा हुनुहुन्छ, पाको चाहियो भने पाको पनि हुनुहुन्छ ।’
कांग्रेसभित्र प्रधानमन्त्रीका लागि मधेसी समुदायबाट विमलेन्द्र निधिदेखि जनजातिका तर्फबाट प्रकाशमान सिंह, कोइराला परिवारबाट डा. शेखर कोइराला, खसआर्य समुदायबाट पूर्णबहादुर र बालकृष्ण खाँणसमेत लाइनमा रहेको जिकिर गर्दै शर्माले भने– ‘तर, उहाँहरू कोही पनि अग्रसरता राख्नु हुन्न भने त्यस्तो अवस्थामा एउटा युवाले आएर म नेतृत्व गरेर जान्छु भन्दै छ गगन थापा किन नबन्ने ? अब उनको योग्यता के पुगेन ? प्रधानमन्त्री बन्नलाई अब के सिङ जुरो पलाउनु प¥यो त ?’ नेपाल समाचारपत्र दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २७ कार्तिक २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा