तनहुँ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने देवघाट गाउँपालिका-२ क्वादी घर भएका २४ वर्षीय विरम आलेको रड प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने सर्लाही गौरीशंकर नगरपालिका-५ बगरवा घर भएका २५ वर्षीय नबिन कुमार चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा आलेलाई चौधरीले एक्कासी रडले प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ