नेपालसँग ओडीआई शृंखला खेल्ने युएई टिमको घोषणा

सफल खबर संवाददाता

शनिबार, २६ कार्तिक २०७९, १५ : ०७
नेपालसँग ओडीआई शृंखला खेल्ने युएई टिमको घोषणा

 काठमाडौं । नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने युएईको टिम घोषणा भएको छ ।

इमिरेट्स क्रिकेट बोर्डले शनिबार सीपी रिजवानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हो । युएईको टोली आज शनिबार राति नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल र युएईबीच त्रिवि क्रिकेट मैदानमा कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस