माडीको विकास र समृद्धिका लागि गठबन्धनलाई मतदान गर्नुहोस् : डा.भोजराज अधिकारी

सफल खबर संवाददाता

शनिबार, २६ कार्तिक २०७९, १२ : ०९
माडीको विकास र समृद्धिका लागि गठबन्धनलाई मतदान गर्नुहोस् : डा.भोजराज अधिकारी

चितवन। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै छ । उम्मेदवारहरूले घरदैलो अभियानको गतिलाई पनि बढाएका छन् । निर्वाचन आचारसंहिताका कारण साह्रै धेरै तामझाम नभए पनि आन्तरिक भेटघाट र चुनावी कोणसभाहरू गरिरहेका छन् । यसै सन्दर्भमा चितवन ३ नम्बर क्षेत्रको लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरू हाल माडीमा छन् ।

माडीबासीसँग उनीहरूले भेटघाट गरेका छन् । उनीहरूले स्थानीयका गुनासा र समस्या सुन्दैं निर्वाचन लगत्तै पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ठाडा खोलाले दिने समस्या, वन्यजन्तु नियन्त्रण, सडक पुल पुर्वाधार निर्माणमा स्थानीयको समस्या केन्द्रीत थियो । थारू समुदायमा राज्यको समान पहुँच र रोजगारी  आवश्यक रहेको जानकारी गराए । केही गुनासो सहित गठबन्धनप्रति उनीहरूको विश्वास छ । माडी विकासलाई गति दिन गठबन्धन सरकार आवश्यक रहेको उनीहरूको चाहना छ । लालपुर्जा वितरणलाई तिब्रता दिन शितलपुरका स्थानीयले माग गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारीले माडीका समुदायको जिवन स्तर सुधार गर्न योजना निर्माण गर्ने बताए । लालपुर्जाका लागि संघर्ष गर्ने उनले बताए । शहिद पार्क निर्माण सम्पन्न गरिने उनले बताए । थारू समुदायमा हुने सिकल सेल एनिमिया निवारणका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।समृद्ध माडी बनाउन गठबन्धनलाई मतदान गर्न डा। भोजराजको आग्रह छ । ६ सु को एजेन्डासहितको योजना बनाएर अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस