सत्ता गठबन्धनका शीर्षनेता आज चितवन आउँदै

सफल खबर संवाददाता

शनिबार, २६ कार्तिक २०७९, ०७ : ४६
सत्ता गठबन्धनका शीर्षनेता आज चितवन आउँदै

चितवन । सत्ता गठबन्धनका शीर्षनेताहरू आज चितवन आउने भएका भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिएका छन् ।

नेकपा (एमाले) ले भने चितवनमा कात्तिक २८ गते चुनावी सभा गर्ने भएको छ । सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस