काठमाडौं । जुम्लामा स्कुल बसको ठक्करले ११ वर्षीय राजेश गिरीको मृत्यु भएपछि बन्द कर्णाली राजमार्ग खुलेको छ ।
तातोपानी गाउँपालिकाको ऐरेनीमा विद्यार्थी छोडेर बजारतिर आउँदै गरेको निजी कनिका निशा विद्यालयको बसले ठक्कर दिएपछि बालकको मृत्यु हुँदा आफन्तजनले बिहीबार देखि सडक ठप्प पारेका थिए ।उनीहरुले सडकमै पर्खाल लगाएर,काठ तेर्स्याएर सडक बन्द गरेका थिए ।
बन्दका कारण सयौं सवारीसाधन रोकिएका थिए । मृतकका आफन्त तुलराज गिरीले सरकारी मापदण्डअनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलाइएको बताए । सहमतिपछि आफन्तले शव बुझेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन
कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन