गठबन्धन १०/१५ वर्षसम्म कायमै रहन्छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, १९ : ३५
गठबन्धन १०/१५ वर्षसम्म कायमै रहन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताका लागि अझैं १०/१५ वर्षसम्म गठबन्धन कायमै राख्ने बताएका छन ।

सत्ता गठबन्धन एकजुट भएर चुनावमा गएको भन्दै उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा गठबन्धन निरन्तर रहने तर्क गरे।

लोकतन्त्रलाई र संविधानलाई कसैले कमजोर नबनाओस् भनेर गठबन्धन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस