काठमाडौं । साँझको समयमा घरबाट निस्केर गाउँतिर घुम्न गएका एक जना पुरुष बझाङमा मृत फेला परेका छन् । सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा निवासी ४५ वर्षीय विक्रम बोहरा मृत अवस्थामा फेला परेको बताइएको छ ।
बुधबार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गरेका थिए । उनीहरूले बिहीबार बिहान घोगणाको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको प्रहरीको भनाइ छ ।
बोहराको शवलाई पोष्टमार्टम गरेर दाहसंस्कारको निम्ति आफन्तले लगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ कार्तिक २०७९, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला