चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार बासुदेवद्वारा डा.भोजराजलाई समर्थन

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १५ : ४९
चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार बासुदेवद्वारा डा.भोजराजलाई समर्थन

चितवन ।  प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं। ३ का स्वतन्त्र उम्मेदवार बासुदेव सापकोटाले डा.भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निश्क्रिय बनाएका छन ।

सापकोटाले समयको माग र परिस्थिति तथा जनताको चाहनालाई मध्यनजर गरेको भन्दै लोकतान्त्रिक बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका चितवनका स्थापित बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीलाई समर्थन गरी आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन ।

उम्मेदवारी निश्क्रिय पारेसंगै सापकोटाले आफ्ना शुभचिन्तक एवं मतदाताहरुलाई डा.अधिकारीलाई विजयी गराउन अनुरोध पनि गरेका छन । माडी-४, खैरहनी निवासी युवा स्वास्थ्यकर्मी सापकोटा सिरिन्ज चिन्हमा स्वतन्त्र उम्मेदवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस