ओनसरीको योजनाः कोटेश्वरमा अण्डरपास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङ

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, १९ : २१
ओनसरीको योजनाः कोटेश्वरमा अण्डरपास, पेप्सीकोलादेखि सिनमंगलसम्म सुरुङ

काठमाडौं । सत्तारूढ लोकतान्त्रिक–वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी ओनसरी घर्ती मगरले घोषणापत्र सार्वजनिक गरेकी छन्। स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर उनले घोषणापत्र सार्वजनिक गरेकी हुन् ।

प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफुल खेती एवम् कृषिमा आधुनिकीकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रर्वद्धन गर्ने कार्यक्रम घोषणापत्रमा समेटिएका छन्। 

जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने उनको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस