विरोध खतिवडामाथि हातपात

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, १६ : ४९
विरोध खतिवडामाथि हातपात

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ।

गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडामाथि चुनावी सभामा जाँदै गर्दा मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै हातपात भएको हो । 

हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस