आज गठबन्धन दलको बैतडी र दार्चुलामा चुनावी सभा : प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, ०७ : ४८
आज गठबन्धन दलको बैतडी र दार्चुलामा चुनावी सभा : प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्ने

काठमाडौँ । आज सत्ता गठबन्धनको बैतडी र दार्चुलामा चुनावी सभा रहेको छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने भएका छन्।

चुनावी अभियानका लागि सुदूरपश्चिममा रहेका प्रधानमन्त्रीले दुई जिल्लामा हुने सभामा सम्बोधन गर्न लागेको स्वकीय सचिव भानु देउवाले बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस