बारा । प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका(१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेको हुन् । बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमश ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद