जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राईसँग २४ घण्टे स्पष्टीकरण माग

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, २१ : १३
जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राईसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं । जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी ९पप्पु० का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस