चितवन । प्रतिनिधिसभा सदस्य चितवन ३ का उम्मेदवार डा. भोजराज अधिकारीले सुकुम्वासीको नाममा आफुले राजनीति नगर्ने बताएका छन् । सधैंका लागि सेवा गर्न चाहेको उनले बताए । भरतपुर २४ को चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचन लगत्तै लालपुर्जा वितरणका लागि यहाँ आउउने प्रतिबद्धता व्यक्त गरे । युवा र महिलाका लागि विशेष योजना ल्याउने उल्लेख गर्दै डा. भोजराजले युवाले जेष्ठ नागरिक र बच्चाको संरक्षण गर्ने र महिलाले परिवारमा सहि संस्कार दिने बताए ।
लोकतान्त्रिक( बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका उनले जनजीविका सुधारका लागि पनि आफुहरू निर्वाचित हुनुपर्ने बताए । उम्मेदवारको तुलना गरेर मात्रै मतदान गर्न उनको आग्रह छ । केन्द्रीयदेखि स्थानीय तहसम्म गठबन्धनकै सरकार रहेकोले आफुहरूले नै विकास योजना एवं निति निर्माण गर्ने बताए ।
यस्तै चुनावी सभालाई सम्वोधन गर्दै चितवन ३(२) का उम्मेदवार ठाकुर प्रसाद ढकालले माडीको विकास गतिलाई अघि बढाउन चाहेको बताएका छन् । जनताको चाहाना अनुसार काम गर्न आफु निर्वाचनमा आएको उनले बताए । अब खरको छानो हटाएर टिनको छानो निर्माण गर्न पहल गर्ने ढकालको प्रतिबद्धता छ । कसैको पछि नलाग्न आग्रह गर्दै उनले विचारको पछि लाग्न अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १६ : ३७
लेखकबाट थप