मतदाताको हौसला पाउँदै डा.भोजराज अधिकारी, ६ स भन्ने नारा जनता माझ लोकप्रिय बन्दै

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, १३ : ४८
मतदाताको हौसला पाउँदै डा.भोजराज अधिकारी, ६ स भन्ने नारा जनता माझ लोकप्रिय बन्दै

चितवन  । मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार डा भोजराज अधिकारीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अधिकारीले मतदाता समक्ष उनले गठबन्धन र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् ।

उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । उनले ६ स भन्ने आफ्ना नारा जनता माझ बढी सुनाएका छन् ।   गठबन्धन अन्र्तगत रहेको नेकपा माओवादी केन्द्रको तर्फबाट चुनावी मैदानमा होमिएका अधिकारीले फरकशैलीका साथ मतदाता माझ पुगेका छन् । तामझाम र भिडभाड विना घरदैलो गर्ने र मतदातासँग अन्तक्र्रिया गर्ने पार्टीको नीति अनुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तक्रियात्मक बनाउने प्रयास गरिरहेको उनी बताउँछन् । जहाँ पुग्दा पनि मतदाताले अब विकल्प खोज्ने मुड बनाएका पाइएको उनको दावी छ ।उनले मतदातालाई निरास नबनाउने प्रतिवद्धता जनाउँदै हिडेका छन् । कतिपय मतदाताले अधिकारीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार देखाउन अनुरोध गरिरहेका पनि पाइएको थियो ।

चुनावमा भोट माग्न दलबल सहित आउने तर निर्वाचित भैसकेपछि देखे नदेखेजस्तो व्यवहार नेताहरुले गर्ने गरेकाले यसो नगर्न मतदाताले अनुरोध गरेका थिए । अधिकारीले मतदाता भेट्दै गलत गरेको खण्डमा कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरे । सरल, आत्मीय र निडर स्वभावका डाअधिकारीले अहिलेसम्म गरिएको घरदैलोमा जनताको मन जित्ने सकिनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस