काठमाडौं । नेपाल राष्ट्र बैँकले २५ करोड रूपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैँकले आफ्नो उपदान तथा पेन्सन कोषको रकम विभिन्न बैंकहरुमा निक्षेपको रुपमा राख्ने भएको हो । एक सूचना जारी गर्दै केन्द्रीय बैँकले कात्तिक २७ गतेदेखि आगामी वर्ष २०८० कात्तिक २७ गतेसम्म कुल ३६६ दिनका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको जनाएको छ ।
उक्त निक्षेप चाहने बैँक तथा वित्तीय संस्थाहरूले कात्तिक २० गतेदेखि कात्तिक २२ गते राती १२ बजेभित्र अनलाइन आवेदन दिन समेत बैँकले सूचनामा भनेको छ । आवेदकले उचित ब्याजदर प्रस्तावसहित निक्षेपका लागि आवेदन दिन सक्नेछन् ।
यद्यपि, यस्तो निक्षेपका लागि बैँकले संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा गरेको हुनुपर्ने, तोकिएको न्यूनतम् पुँजीकोष अनुपात कायम गरेको हुनुपर्ने र निक्षेप चाहने बैँकको निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने शर्त राखेको छ ।
सूचना अनुसार कुल निक्षेपमध्ये २० करोड रूपैयाँ ‘क’ वर्गको वाणिज्य बैंकहरुका लागि, ३ करोड ७५ लाख रूपैयाँ विकास बैंकहरुका लागि र १ करोड २५ लाख रूपैयाँ ग वर्गका वित्तीय संस्थाहरूका लागि छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै