गठबन्धनका उम्मेदवारलाई पश्चिम चितवनका जनताको भव्य स्वागत

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, १२ : २०
गठबन्धनका उम्मेदवारलाई पश्चिम चितवनका जनताको भव्य स्वागत

भरतपुर । मंसिर ४ को निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

यसै सन्दर्भमा प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डा. भोजराज अधिकारी र प्रदेश ३ (२) का उम्मेदवार ठाकुर ढकालले घरदैलो अभियानलाई निरन्तरता  दिईरहेका छन् । यसैक्रममा गठबन्धनका उम्मेदवारलाई भरतपुर २३ र २४ स्थानीयले स्वागत गरेका छन् । 

घर अगाडि कलशसहित फुल माला सहित  भोजराज र ठाकुरलाई स्वागत गरेका हुन् । जगतपुर, मधुपुरी, कृष्णचोक, बेलटाँडी, दराई गाउँमा स्थानीयसँग उनीहरूले छलफल समेत गरेका थिए । उम्मेदवारले स्थानीयका समस्या र गुनासोहरू सुनें । दराई गाउँमा निर्माणाधिन भवन सम्पन्न गर्न आग्रह गरेका छन् । भित्री सडक कालोपत्रे गर्न उनीहरूको माग छ । 

गठबन्धनका उम्मेदवारले नै अहिलेको राजनीतिलाई निकास दिने उनीहरूको विश्वास छ । घरदैलोका क्रममा भोजराजले भने बुवा ठिक ? जवाफमा उनले भने,गठबन्धन ठिक, ल पक्का, अर्का एकजना आमासँग संवादका क्रममा भोजराजले भने, 'अहिलेसम्म मैले बचाएँ, अब मलाई जिताईदिनुस्  ।