‘७० वर्ष कटिसकेका ओलीजी कसरी तन्नेरी हुनुभयो ?’ : भिम रावल

सफल खबर संवाददाता

शनिबार, १९ कार्तिक २०७९, ०९ : २०
‘७० वर्ष कटिसकेका ओलीजी कसरी तन्नेरी हुनुभयो ?’ : भिम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध दिएको अभिव्यक्तिको जवाफ दिएका छन्।कञ्चनपुरको चुनावी सभामा शुक्रबार डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने भनिरहेका बेला दर्शकदीर्घाबाट ‘भीम रावल, भीम रावल’ नारा लागेपछि ओली रिसाएका थिए। 

अनि ओलीले त्यतैतिर फर्केर भने, ‘भीम रावलको तपाईंहरूलाई कति चिन्तारु ०४८ सालदेखि खाँदैहुनुहुन्छ, बूढो भइसक्नु भयो !!अरूलाई मौका दिनुपर्दैनरु एउटै भीम रावल, भीम रावल !! थुप्रो रावलहरू छन् नि सुदूरपश्चिममा, थुप्रो रावलहरूलाई अगाडि लैजानुछ !!’

ओलीले भाषण गरिरहेको आमसभामा जब भीम रावलको नाम गुञ्जियो : यस विषयमा नेता रावलले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीलाई जवाफ दिएका छन्। उनले अध्यक्ष ओलीको अभिव्यक्ति क्रोध, बदला निषेध र द्वेषपूर्ण दुर्भावयुक्त भएको टिप्पणी रावलले गरेका छन्। 

आफू ६७ वर्ष लागेको मानिसलाई बूढो भन्ने तर आफूचाहिँ ७० वर्ष नाघेर पनि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो भनेर रावलले ओलीलाई प्रश्न गरेका छन। 

रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ। ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ, कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ का लागि किन मुख बाउनु भएको त ?

उनले अगाडि लेखेका छन्, ‘म ६७ वर्ष लागेकालाई ‘बूढो’ भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ?’  

प्रतिक्रिया दिनुहोस