कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शनिबार, १९ कार्तिक २०७९, ०७ : ३२
कस्तो रहला आजको मौसम ?

काठमाडौं । शनिबार देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शनिबार दिनभर देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै  प्रदेश १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै राति पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा  भने हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस