रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ३ मा एमालले नेतृृत्वको गठबन्धन दलले आज सार्वजनिक गरेको छ । नेकपा एमाले, राप्रपा र जसपाको ३ दलले निर्वाचनलाई मध्यनजर गर्दै १३० बुँदे योजनासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाका उम्मेदवार दीपक बोहोराले विगतमा पनि आफूले दीर्घकालिन विकासको योजना रुपन्देहीमा सन्चालन गरेको र आगामी दिनमा पनि अझ बढी महत्वका योजना शुरुवात गर्ने बताए । उनले क्षेत्रको मानवीय, सामाजिक र भौतिक विकास नै आफ्नो प्राथमिकता रहेको बताए । गर्न नसक्ने काम भन्दा पनि जे गर्न सम्भव त्यही नै काम गर्नेगरी जनतासँग बाचा गर्ने उनले बताए ।
राप्रपाका बोहोरालाई एमाले र जसपाको समर्थन गरेको छ । उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रसका बालकृष्ण खाँणसँग हुँदैछ । प्रदेश तर्फ (क)मा जसपाका मेहन्द्र यादव र (ख) मा एमालेका तुलसी प्रसाद चौधरी रहेका छन् ।
आज प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभाको उम्मेदवार महेन्द्र यादवले प्रतिबद्धतापत्रमा उल्लेख भएका योजनालाई आफुले कार्यान्वयन गर्नको कुनै कसर बाँकि नराख्ने जनाए । यसैगरी प्रदेश सभामा क्षेत्र नम्बर ३ (२) का उम्मेदवार तुलसी प्रसाद चौधरीले सामाजिक र मानवीय विकासमा आफूहरुको मुख्य काम हुने बताएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १४ : ३०
लेखकबाट थप