लमजुङ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा मतपत्र पुगेको छ । बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत मनाङमा मतपत्र पुर्याइएकाे हो ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुपातिकतर्फ नौ हजार मतपत्र ल्याइएको मनाङका जिल्ला निर्वाचन अधिकृत पुष्पराज आचार्यले जानकारी दिए । कडा सुरक्षा व्यवस्था गरी जिल्ला निर्वाचन कार्यालयमा सुरक्षित साथ राखिएको आचार्यले बताए ।
प्रदेशसभा-१ को समानुपातिकतर्फ तीन हजार पाँच सय र प्रदेशसभा-२ का लागि पाँच हजार पाँच सय समानुपातिक मतपत्र आएको उनले बताए ।गत निर्वाचनमा कुल पाँच हजार आठ सय ८१ मध्ये चार हजार तीन सय ३८ मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी कुल ६ हजार सात सय ७९ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य गतिमा फर्कँदै मनाङको पर्यटन
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
मनाङमा रैथाने बाली उत्पादन घट्दै
मनाङमा ४६ विद्यार्थीले एसइई दिने
मनाङ केन्द्रबिन्दु भएर भूकम्प