गोरखा २ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १३ : ०४
गोरखा २ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोर्खा २(१) का प्रत्यक्षतर्फका उम्मेदवार ई. सुबोध बस्नेत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्दै उनले भने,  'नेपालको राजनीतिको सहि निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिन सक्छ । नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पुर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो। म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु। म अब अध्यक्ष कमरेड प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्नेछु'।

प्रतिक्रिया दिनुहोस