काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ–छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
लागुऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले अधिकारीलाई घरमा लुकाइ छिपाइ राखेको डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल र फेनार्गन १० एम्पुल लागू औषधसहित पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी त्रियुगा नगरपालिका ११ का ३५ वर्षीय राजकुमार राईलाई पनि प्रहरीले लागू औषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । उनलाई लागू औषधसहित पक्राउ परेका अभियुक्तको बयानका आधारमा पक्राउ गरिएको हो । त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्कबाट विभिन्न तीन किसिमका लागु औषधसहित त्रियुगा नगरपालिका-१० बोक्सेका ३४ वर्षीय विकास राई पक्राउ परेका थिए ।
बसपार्कमा हिडि रहेका राई माथि शंका लागेर चेकजाँच गर्दा ४२ एम्पुल (थान) लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ र फेनार्गन १४ गरी ४२ एम्पुल बरामद गरेको थियो । उनीहरूलाई म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ कार्तिक २०७९, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ