काठमाडौं । दुई किलो चरेससहित दार्चुला प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दान सिंह धामी रहेका छन् । लागूऔषध चरेस बोकेर ल्याएको भन्ने विशेष सूचनाका आधारमा आज दिउँसो अपी हिमाल ५ लुम्टी बस्ने ४४ वर्षीय धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
से १ ज ६१८ नम्बरको गाडीमा यात्रा गरिरहेका उनलाई चेक जाँच गर्नेक्रममा दुई किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय लटिनाथका इन्सपेक्टर राजेश शाहीले बताए । पक्राउ परेका धामीको साथमा लुकाएर राखेको अवस्थामा अझैँ चरेस रहेको खुलेको तर, कति परिमाणमा चरेश छ भन्ने नखुलेको शाहीले जानकारी दिए । धामी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन एमाले नेता कार्यकर्ता बोकेको गाडीमा सवार थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ