काठमाडौं । दुई किलो चरेससहित दार्चुला प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दान सिंह धामी रहेका छन् । लागूऔषध चरेस बोकेर ल्याएको भन्ने विशेष सूचनाका आधारमा आज दिउँसो अपी हिमाल ५ लुम्टी बस्ने ४४ वर्षीय धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
से १ ज ६१८ नम्बरको गाडीमा यात्रा गरिरहेका उनलाई चेक जाँच गर्नेक्रममा दुई किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय लटिनाथका इन्सपेक्टर राजेश शाहीले बताए । पक्राउ परेका धामीको साथमा लुकाएर राखेको अवस्थामा अझैँ चरेस रहेको खुलेको तर, कति परिमाणमा चरेश छ भन्ने नखुलेको शाहीले जानकारी दिए । धामी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन एमाले नेता कार्यकर्ता बोकेको गाडीमा सवार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ