सन्दिप लामिछानेको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, १६ : ५९
सन्दिप लामिछानेको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको करणी मुद्दाको थुनछेक बहस बिहीबार पनि सकिएन। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधबार सुरु भएको थुनछेक बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो।

बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित ६ बहस गरेका छन्। हिजो २ जनाले सन्दिपका तर्फबाट बहस गरेका थिए। शुक्रबार निवेदक पक्षले जवाफी बहसका लागि समय पाएपछि आदेश आउनेछ।

अहिले लामिछानेलाई थुनाबाहिर रहेर मुद्दा लड्न दिने किन थुनामै राख्ने भन्ने विषयमा बहस केन्द्रित भएको छ। वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा, सरिता भण्डारी र रमणकुमार श्रेष्ठसहितका कानुन व्यवसायीले उनेको पक्षमा बहस गरेका छन्।

सन्दीपविरुद्ध उमेर नपुगेकी किशोरीलाई प्रभावमा पारी करिणी गरेको अभियोगमा सन्दिप विरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरिएको छ। लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जर्वजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस