टी-२० विश्वकप: झिनो आसासहित मैदान उत्रिँदै पाकिस्तान

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, १३ : ३०
टी-२० विश्वकप: झिनो आसासहित मैदान उत्रिँदै पाकिस्तान

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिका र पाकिस्तान बिहीबार प्रतिस्पर्धा गर्दैछन्। दक्षिण अफ्रिका पाकिस्तानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहँदा पाकिस्तान भने दक्षिण अफ्रिकालाई हराउँदै आफ्नो गणितिय संभावनालाई कायम राख्न मैदानमा उत्रिने छ।

यी दुईबीचको खेल दिउँसो १:४५ मा सिड्नीमा हुने छ।जारी प्रतियोगितामा शीर्ष १२ अन्तर्गत समूह २ मा दक्षिण अफ्रिका अपराजित छ। पहिलो खेल वर्षाका कारण जिम्बावेसँग अंक बाँडेको दक्षिण अफ्रिकाले त्यसपछि भने लगातार दुई खेलमा जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनायो।

दोस्रो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सयद ४ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो भने तेस्रो खेलमा भारतलाई ५ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो।

अंक तालिकामा दक्षिण अफ्रिका ५ अंकका साथ दोस्रो स्थानमा रहेको छ।पाकिस्तान भने सुरुवातका लगातार दुई हारसँगै प्रतियोगिताको समूह चरणबाट बाहिरिने संघारमा पुगेको थियो।

तर, तेस्रो खेलमा नेदरल्यान्डलाई ६ विकेटले हराउँदै सेमिफाइनल आसामा कायम रहन पुगेको हो। पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा जिम्बावेसँग पराजित भएको थियो। अंक तालिकामा पाकिस्तान दुई अंकका साथ पुछारमा रहेको छ।

पछिल्ला पाँच खेलमा पछिल्ला तीन खेलमा पाकिस्तानले लगातार जित निकाल्दा पाकिस्तानले भने पाँचमध्ये ३ खेलमा हार बेहारेकाे छ। टी-२० विश्वकपमा भने दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान हावी रहेको छ।

यी दुई टिमबीच भएका तीनैवटा भिडन्तमा पाकिस्तान विजयी भएको छ। पछिल्लो पटक यी दुई टिम २०१२ मा भिडेका थिए। सिड्नीमा हुने खेल रोचक हुने आंकलन गरिएको छ। सिड्नीमा अहिलेसम्म जारी प्रतियोगितामा सर्वाधिक १ सय ८८ रनको स्कोर बनेको थियो।

प्रतिक्रिया दिनुहोस