काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधानमा संरचनागत सुधार गर्न आवश्यक भएको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधनमार्फत संविधानको सुधार गर्न आवश्यक भएको बताए ।
संविधानको रक्षा र संविधानको परिमार्जन दुवै गर्नुपर्ने दायित्व माओवादीकै भएको प्रचण्डले दाबी गरे । ‘यो संविधानमा कैयन् प्रावधान छन् । जसको कारणले राजनीतिक स्थिरता प्राप्त गर्न नसक्ने सुशासन पनि प्राप्त गर्न नसकिने अवस्था छ । जसले गर्दा भ्रष्टाचार नियन्त्रण गर्न नसकिने छ’ प्रचण्डले भने, ‘ जनतालाई सर्वसुलभ निर्वाचन प्रणाली नहुँदा श्रमजीवी वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने छ । त्यसका लागि संविधानको संरचनागत सुधार गर्न आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल