काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधानमा संरचनागत सुधार गर्न आवश्यक भएको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधनमार्फत संविधानको सुधार गर्न आवश्यक भएको बताए ।
संविधानको रक्षा र संविधानको परिमार्जन दुवै गर्नुपर्ने दायित्व माओवादीकै भएको प्रचण्डले दाबी गरे । ‘यो संविधानमा कैयन् प्रावधान छन् । जसको कारणले राजनीतिक स्थिरता प्राप्त गर्न नसक्ने सुशासन पनि प्राप्त गर्न नसकिने अवस्था छ । जसले गर्दा भ्रष्टाचार नियन्त्रण गर्न नसकिने छ’ प्रचण्डले भने, ‘ जनतालाई सर्वसुलभ निर्वाचन प्रणाली नहुँदा श्रमजीवी वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने छ । त्यसका लागि संविधानको संरचनागत सुधार गर्न आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’