प्रधानमन्त्री देउवा चुनावी प्रचारका लागि गृहजिल्ला डडेलधुरा जाँदै

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १३ : १६
प्रधानमन्त्री देउवा चुनावी प्रचारका लागि गृहजिल्ला डडेलधुरा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन प्रचारप्रसारका लागि गृहजिल्ला डडेलधुरा जान लागेका छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा बुधबार चुनाव प्रचारका लागि गृहजिल्ला जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बुधबार गृहजिल्ला जाने कार्यक्रम रहेको जानकारी दिए । 'प्रधानमन्त्री देउवा गृहजिल्ला जाँदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागी हुनका लागि काठमाडौंबाट आज २ बजेपछि धनगढी जाने कार्यक्रम रहेको छ, ' उनले भने ।

 

निर्वाचन आयोगबाट गृहजिल्ला जानका लागि प्रधानमन्त्री तथा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउवाले अनुमति लिइसकेका छन् ।आयोगका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले सरकारी साधन, प्रयोग नगरीकन आफ्नो निर्वाचन क्षेत्रमा जानसक्ने भएकाले त्यसअनुसार सबैलाई अनुमति दिइसकिएको छ ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउने जनाएको छ । प्रचारप्रसार गर्न पाउने अघिल्लो दिन नै प्रधानमन्त्री देउवा गृहजिल्ला पुग्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस