उत्तर कोरियाबाट पहिलो पटक दक्षिणको समुद्री सिमाना भित्र क्षेप्यास्त्र प्रहार

एजेन्सी

बुधबार, १६ कार्तिक २०७९, १२ : ४५
उत्तर कोरियाबाट पहिलो पटक दक्षिणको समुद्री सिमाना भित्र क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास चलिरहेको बेला उत्तर कोरियाले आज बुधबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । जुन समुद्री सिमांकन लाइन पार गर्दै दक्षिण कोरियाली पानीमा खसेको हो ।

कोरिया विभाजन भएको ७० वर्षको इतिहासमा पहिलो पटक उत्तरले दक्षिण कोरियाली सिमाना भित्र खस्ने गरी क्षेप्यास्त्र प्रहार गरेको हो ।दक्षिण कोरियाली सेनाले उत्तरले कम्तिमा दश वटा क्षेप्यास्त्र प्रहार गरेको र आफूले उत्तर कोरियाली समुद्री सिमानातर्फ आकाशबाट जमिनमा हान्ने क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले उत्तर कोरियाले सिमाना मिचेर आक्रमण गरेको भन्दै त्यसको चुस्त जवाफ दिन आफ्नो सेनालाई आदेश दिएका छन ।उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण कोरियाली शहर सोक्चोदेखि ५७ किलोमिटर पूर्व तथा समुद्री सिमानाबाट २६ किलोमिटर भित्र खसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस