धितोपत्र बोर्डले दिने लाईसेन्स प्रकृया स्थगन

सफल खबर संवाददाता

मंगलबार, १५ कार्तिक २०७९, १२ : ०६
धितोपत्र बोर्डले दिने लाईसेन्स प्रकृया स्थगन

काठमाडौं । नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसे न्स दिने काम तत्कालका लागि स्थगन भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाईसेन्स दिने काम तत्कालका लागि स्थगन भएको छ ।

बोर्डका अनुसार कात्तिक ४ गते सर्वोच्च अदालतबाट जारी भएको अल्पकालिन अन्तरिम आदेश अनुरुप बोर्डबाट असोज २ मा प्रकाशित सूचना बमोजिमका आवेदन लिने लगायतका थप काम कारबाहीहरु बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि यथास्थितीमा राख्ने निर्णय भएको छ ।

बोर्डले असोज २ गते नयाँ स्टकका लागि लाईसेन्स दिने भन्दै ३० दिने र एउटा नयाँ स्टक र २ वटा कम्पनीलाई बस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिन माग गर्दै सूचना प्रकाशित गरेको थियो । ब्रोकरका लागि पु्रानो १ र नयाँ ४५ सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।

स्टक र बस्तु विनिमय बजारका लागि आवेदन दिने आज अन्तिम दिन थियो । सर्वोच्चको उक्त आदेशपछि भने सबै प्रकृया स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस