माओवादी घोषणापत्र : मोनो, मेट्रो रेलदेखि ट्रलीबससम्म

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १६ : १०
माओवादी घोषणापत्र : मोनो, मेट्रो रेलदेखि ट्रलीबससम्म

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना अगाडि सारेको छ । माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा काठमाडौं उपत्यकाको बागमती, विष्णुमति, धोवीखोला र मनोहरा कोरिडोरमा मेनोरेल सञ्चालनका लागि योजना बनाउने उल्लेख गरेको छ ।

काठमाडौंको चक्रपथ र बूढानीलकण्ठदेखि ललितपुरको सानेपा तथा थानकोटदेखि भक्तपुरको साँगासम्म मेट्रो रेल चलाउने योजना सुरु गर्ने योजना पनि अघि सारेको छ । रेलसँगै काठडमाडौं उपत्यकामा बिजुलीबाट चल्ने ५ सय वटा बस चलाउने योजना प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

यसबाहेक पोखारा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य शहरमा मेट्रो तथा मनो रेल र ट्रली बस चलाउने योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस