काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमा समेत भएकाे बताएका छन्। आइतबार चुनावी अभियानका क्रममा मतदाताहरूसँग भेटघाटकाे क्रममा नेता सिंहले उक्त कुरा बताएका हुन्।
भौतिक पूर्वाधार निर्वाचनको क्षेत्रमा आफूभन्दा अघिका जनप्रतिनिधिले भन्दा आफूले धेरै काम गरेको उनकाे भनाइ छ।काठमाडाैँ- क्षेत्र नं १ का उमेदवारसमेत रहेका नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्रीका साथै ठूलाठूला पदमा पुगे पनि विकासको काम गर्न नसकेकाे आराेप लगाए।
बहुदलपछि यस क्षेत्रमा कांग्रेसले २०६४ सालसम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै २०६४ मा जनताले जिताएर पठाएपछि भने यस क्षेत्रमा विकासको कार्य अगाडि बढेकाे जनाउँदै पूर्णता दिन अझै बाँकी रहेकाे पनि उनले बताए।
नेता सिंहले कांग्रेस राजनीतिक स्थायित्व र सम्पन्नताकाे एजेन्डा लिएर घर आँगनमा आएकाले राजनीतिक स्थायित्व र र सम्पन्नताकाे निमित कांग्रेसलाई मत दिनसमेत आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ कार्तिक २०७९, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह