सिमकोट । पैदल मार्गबाट लिमी उपत्यकाको अवलोकनमा गएका दुई जना पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ। लिमीको टाक्चीमा पुगेका बेला लेक लागेर बिरामी भएपछि उनीहरुको उद्धार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी सीता परियारले नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीबाट लेक लागेका पर्यटकको शनिबार बिहान उद्धार गरिएको जानकारी दिइन्।प्रजिअ परियारका अनुसार फ्रान्सेली नागरिक रोटेम पिटर र इजरायली नागरिक सहुल पिटरको हेलिकोप्टरबाट उद्धार गरिएको हो। लेक लागेर श्वास फेर्न गाह्रो भएपछि उनीहरुलाई उद्धार गरिएको प्रजिअ परियारले बताइन्।
उद्धार गरेर उनीहरुलाई काठमाडौँ लगिएको छ। उनीहरु एक हप्ताअघि लिमीतर्फ लागेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ कार्तिक २०७९, १५ : ३१
लेखकबाट थप