गठबन्धनको प्रदेश ३ (ख) को कार्यालय पटिहानीमा उद्घाटन

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १५ : ०४
गठबन्धनको प्रदेश ३ (ख) को कार्यालय पटिहानीमा उद्घाटन

चितवन । ५ दलिय गठबन्धनको चितवन निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रदेशसभा (ख) कार्यालय पटिहानीमा उद्घाटन भएको छ । सो उद्घाटन समारोहलाई सम्बोधन गर्दै चितवन ३ प्रतिनिधिसभा सदस्य उमेदवार डा। भोजराज अधिकारीले पश्चिम चितवनको विकास र समृद्धिका लागि आफुलाई निर्वाचित गरिदिन जनतासँग अनुरोध गरेका छन् ।यहाँका जनताले दलगत भावनामा मात्र नहेरि साझा प्रतिनिधिको रूपमा बुझिदिन उनले आग्रह गरेका छन् ।यहाँको संकटसँग खाईखेलेको हिसाबले यहाँको समस्या सम्बोधन गर्न आफुले मतदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

पटिहानीमा राप्ती नदि र जंगली जनावरबाट हुने समस्या हल गर्न विशेष योजना ल्याउने डा। भोजराजले बताए । सुकुम्बासी समस्याको दिगो समाधान देखि पर्यटन र खेलकुद क्षेत्रको विकासका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

लालपुर्जा वितरणका लागि बाँकी प्रक्रिया पुरा गर्न मंसिर ५ पछि पहल गर्ने प्रदेश ख गठबन्धनका उमेदवार ठाकुर प्रसाद ढकालले बताएका छन् । आफु माओवादीको मात्रै उम्मेदवार नभएको बताएका उनले गठबन्धनको साझा उमेदवार भएको बताए ।  आज नै ३ (ख) अन्तर्गत माडीमा समेत निर्वाचन परिचालन कार्यालय उद्घाटन हुदैछ ।