काठमाडाैँ । कालीकोट विष्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ। कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।
घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा परी घाइते भएका तीन जना बालबालिकाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार प्रजिअ शर्माले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ कार्तिक २०७९, १४ : ३६
लेखकबाट थप