कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १२ : ३४
कालिकोटमा बम विष्फोटः दुई बालिकाको मृत्यु, तीन जना घाइते

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ । 

आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किदाँ घाइते भएका स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विष्फोटमा परी‌ सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस