एक वडा एक विशेष कार्यक्रम मेरो प्राथमिकता : डा.भोजराज अधिकारी

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, ११ : ०७
एक वडा एक विशेष कार्यक्रम मेरो प्राथमिकता : डा.भोजराज अधिकारी

चितवन । प्रतिनिधिसभा चितवन निर्वाचन क्षेत्र ३ अन्तर्गत ५ दलिय गठबन्धनका साझा उमेदवार डा.भोजराज अधिकारीले आफ्नो विकास अवधारणालाई अनुमोदन गर्न गठबन्धनको जित अपरिहार्य रहेको बताएका छन् ।  एक वडा एक कार्यक्रम अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) अन्तर्गत चनौलीमा गठबन्धनको प्रदेश कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गोलाघाटदेखि भरतपुर नारायणगढ क्षेत्रलाई जोड्ने गरि काम गर्न चाहेको उनले बताए ।त्यसकारण गाउँमा गाउँमा केन्द्रीकृत हुन डा.अधिकारीले नेताकार्यकर्तालाई आग्रह गरेका छन् । 

निर्वाचन क्षेत्र ३ (क) प्रदेशसभा अन्तर्गत गठबन्धनका साझा उमेदवार डा. सुर्यकान्त घिमिरेले कृषि क्षेत्र आफ्नो प्राथमिकतामा रहने बताएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कृषिमा मल, विउँ र सिचाइँमा अनुदान वितरणको नितिलाई प्रभावकारी बनाउने बताए । कांग्रेस नेता घिमिरेले कृषि मात्र नभई शिक्षा र स्वास्थ क्षेत्र पनि प्राथमिकतामा रहने बताए । शिक्षा र स्वास्थलाई समतामूलक पहुँचका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । विकास निरन्तर अघि बढ्ने बताएका उनले गोलाघाट पुल निर्माण र नारायणी पुल निर्माण द्रुतगतिमा गर्न लागिपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता सुर्य सुवेदी पथिकले गठबन्धनले विज्ञ उमेदवार प्रस्तुत गरेको बताएका छन् । अहिले जनताको मागलाई सम्बोधन गर्नेगरी साझा गठबन्धन मार्फत निर्वाचनमा आएको बताए । दिगो विकास र समृद्धिका लागि गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताए । देशमा प्रतिगमन र अग्रगमन गरि २ गठबन्धन रहेको बताएका नेता पथिकले अग्रगमनको पक्षमा मतदान गर्न अपिल गरे ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललेकांग्रेसको उमेदवार नभएको भ्रममा नरहन अनुरोध गर्दै डा भोजराज ५ दलकै उमेदवार भएको बताएका छन् । गठबन्धनका विकल्प नभएको उनले बताए । जनप्रतिनिधिमुलक संस्था भत्काउने समुहलाई पराजित गर्न पनि गठबन्धनको जित आवश्यक रहेको सभापति खनालको भनाई थियोे ।कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टी भरतपुरका अध्यक्ष विष्णुराज महत्तोले जनताको पक्षमा गठबन्धन आएको बताए ।संघमा (डा भोजराज अधिकारी)चिकित्सा र प्रदेश (क) मा कृषि (डा सुर्यकान्त घिमिरे) विज्ञ उमेदवार छन् । आज नै भरतपुर २६ मा गठबन्धनको संयुक्त कार्यालय सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस