भक्तपुर । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरूले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन्।
बुधबार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले नेपाल संवतकाे छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल संवतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन्।उपमेयर डंगाेलले भनिन्, ‘नेपाल संवतको छुट्टै मौलिक महत्त्व र पहिचान छ। संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत हो नेपाल संवत। जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर सुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल संवत विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ। राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रूपमा मात्रै होइन, कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्त्वपूर्ण छ। हामीले चलाउने डकुमेण्टहरूमा जबसम्म नेपाल संवत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय संवत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ। नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ। जनतालाई ऋण मोचन गरेझैँ आफूभन्दा माथि जनता भनेर सोच्न जरुरी छ।’
संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको उपप्रमुख डंगोलकाे भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ कार्तिक २०७९, ११ : ५३
लेखकबाट थप