सिरहा प्रहरीद्वारा १५ लाखको पटाका नष्ट

सफल खबर संवाददाता

मंगलबार, ०८ कार्तिक २०७९, १८ : ४८
सिरहा प्रहरीद्वारा १५ लाखको पटाका नष्ट

सिरहा ।  भारतीय बजारबाट लुकाएर नेपाल भित्र्याएका पटाका (विस्फोटक पदार्थ) बरामद गरेको छ। बरामद गरिएको पटाका सिरहा प्रहरीले जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहामा मंगलबार खाल्टो खनी करिब १५ लाख बराबरको पटाका नष्ट गरिएको हो। 'बजार र सीमा क्षेत्रमा कडाई गरिएको छ, 'एसपी अर्जनु तिमल्सिनाले भने, 'सम्भावित घटनाहरूबाट बच्नलाई विस्फोटक पदार्थ पड्काउन रोक लगाएका छौँ।'

यसैगरी सशस्त्र प्रहरी सिरहाले पनि ७ लाख रुपैयाँ बराबरको पटाका बरामद गरी नष्ट गरेको छ।  

प्रतिक्रिया दिनुहोस