वीरगञ्ज । म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा पर्साको बिन्दबासिनी गाउँपालिका(२ बस्ने ६० वर्षकी सरस्वति देवी कुर्मीको मृत्यु भएको हो।
म्यादी प्रहरी पर्साको सखुवाप्रसौनी गाउँपालिका(५ बस्ने ललनप्रसाद यादवले चलाएको ना १३ प ३५४४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महिलाको उपचारको क्रममा वीरगञ्जको एलएस न्युरोमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
ठक्कर दिने मोटरसाइकल र यादवलाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए। यस्तै, घरको स्ल्यापबाट खसेर पर्साको बिन्दवासिनी गाउँपालिका ३ बस्ने एक किशोरको मृत्यु भएको छ।
१६ वर्षका अरबिन्द कुमार दासको मृत्यु भएको हो। आफ्नो घरको झ्यालबाट स्ल्यापमा टेकेर अम्बाको रुखमा लम्किँदा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ कार्तिक २०७९, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते